नियम ११०
सफाई र स्पष्टीकरण माग गर्ने कार्यविधि
कुनै निजामती कर्मचारीलाई विभागीय सजाय गर्दा ऐन तथा यस नियमावली बमोजिम
देहाय बमोजिमको प्रकृया पुरा गरी सफाइ पेश गर्ने र स्पष्टीकरण दिने मौका दिनु पर्नेछ ः-
(क) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले निर्णय गरी सम्बन्धित कर्मचारीलाई लगाइएको आरोपको
सम्बन्धमा कम्तीमा पन्ध्र दिनको समय दिई ऐनको दफा ६६ बमोजिम सफाईको मौका दिनु पर्ने,
(ख) खण्ड (क) बमोजिम दिइएको अवधि भित्र सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा र
त्यस्तो कर्मचारीलाई ऐनको दफा ५९ को खण्ड (ख) बमोजिम विशेष सजाय गर्नु पर्ने देखिएमा विभागीय
सजायको आदेश दिन पाउने अधिकारीले सफाइ सन्तोषजनक नभएको आधार र कारण सहित सजाय प्रस्ताव
गरी तीस दिनको समय दिई ऐनको दफा ६७ बमोजिम स्पष्टीकरण माग गर्नु पर्ने ।